श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

इजरायल–हमास द्वन्द्व रोकिनुपर्छ: बाइडेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्धकहरुको रिहाईका लागि इजरायल र हमासबीचको द्वन्द्व ‘रोक’ गर्न माग गरेका छन् । मिनेसोटामा एक कार्यक्रमको क्रममा, एक महिलाले बाइडेनलाई प्रश्न गर्दै गाजामा युद्धविरामको लागि अपील गरेकी थिइन्।

उक्त कुराको प्रतिक्रिया दिंदै बाइडेनले भने, ‘मलाई लाग्छ कि अब युद्ध रोक्न आवश्यक छ। रोक्नु भनेको बन्धकहरूलाई मुक्त गर्ने समय पाउनु हो।’

ह्वाइट हाउसले पछि बाइडेनको उक्त बयानमा स्पष्टीकरण जारी गरेको थियो। विज्ञप्तिमा राष्ट्रपतिले मानवीय सहायता र हमासद्वारा २४० बन्धकहरूको बारेमा कुरा गरेका उल्लेख गरिएको जनाएको छ। पछि सुरक्षाकर्मीले ती महिलालाई त्यहाँबाट निकालेका थिए। यस क्रममा उनले ‘संघर्ष बन्द’को नारा लगाएकी थिइन् ।

बाइडेनले आफ्नो भाषणमा वर्तमान परिस्थितिहरू इजरायल र मुस्लिम राष्ट्रहरु दुवैका लागि धेरै गाह्रो भएको बताएका थिए। ‘म द्विपक्षीय समाधानको समर्थन गर्छु। मैले सुरुदेखि नै यही गरिरहेको छु। वास्तविकता के हो भने हमास एक आतंकवादी संगठन हो।’, उनले भने। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया