श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

‘अमेरिकी समर्थन बिना इजरायल एक दिन भित्रमा नै मौन हुनेछ’ – अयातोल्लाह अली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले गाजा पट्टी र कब्जा गरिएको वेस्ट बैंकमा आफ्नो घातक सैन्य कारबाही जारी राख्दा इजरायल ‘असहाय र भ्रमित’ बन्दै गएको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमा पोष्ट गरिएको एक कथनमा, खामेनीले इजरायलीहरूलाई सीधा सम्बोधन गर्दै भनेका छन्, ‘उनीहरूको सरकारले उनीहरूलाई ‘झूटो’ बोलिरहेका थिए, उसले हमासले कब्जामा लिएका बन्धकहरूमाथि चिन्ता व्यक्त गरेको थियो र बन्दीहरूलाई राख्न सक्ने क्षेत्रहरूमा गोलाबारी पनि गरिरहेको थियो।’

उनले अगाडि लेखेका छन्, ‘अमेरिकी समर्थन बिना इजरायल एक दिन भित्रमा नै मौन हुनेछ’

इजरायलले इरानलाई यस क्षेत्रमा आफ्नो नम्बर एक खतरा मानेको छ। यसले मध्यपूर्वमा हमास र लेबनानमा हिजबुल्लाहलगायत विभिन्न सशस्त्र समूहहरूलाई समर्थन गरेको उनीहरुको आरोप छ। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया