श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

गाजा पट्टीमा फसेका एघार श्रीलङ्काली स्वदेश फर्किए

कन्सुलर सेवा विभागले कायरो, रामल्लाह र तेल अभिवमा रहेको श्रीलङ्काका नियोगसँगको सहकार्य गरेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गाजा पट्टीमा फसेका दुई वयस्क र नौ बालबालिकासहित दुई परिवारका ११ जना श्रीलङ्काली नागरिक आइतबार सकुशल श्रीलङ्का आइपुगेका छन् ।

कन्सुलर सेवा विभागले कायरो, रामल्लाह र तेल अभिवमा रहेको श्रीलङ्काका नियोगसँगको सहकार्यमा उक्त व्यवस्थाको समन्वय गरेको मन्त्रालयले जनाएको छ ।

गाजा पट्टीबाट ११ जना श्रीलङ्कालीलाई राफा बोर्डर क्रसिङ हुँदै इजिप्ट प्रवेश गर्न काएरोस्थित श्रीलङ्काली दूतावासले नोभेम्बर २ मा इजिप्टका अधिकारीहरूसँगको समन्वयमा सहजीकरण गरेको मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फर्कने नागरिकका लागि रसद र हवाई यातायातको व्यवस्था गर्न सहजीकरण गरेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया