काठमाण्डौंः नेपाल क्रिकेट संघ (क्यान) को बैठकले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख नगद पुरस्कार दिने निर्णय गरेको छ ।
आईसीसी मेन्स टी २० विश्वकप फाइनल एसियामा उत्कृष्ट प्रदर्शन गर्दै सन् २०२४ मा हुने आईसीसी टी २० क्रिकेट वर्ल्डकपमा सहभागिताका लागि छनौट हुन सफल भएको भन्दै उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
त्यस्तै आजको बैठकले यू १९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरूलाई जनही ५० हजारका दरले नगद पुरस्कार दिने पनि निर्णय गरेको छ ।
मलेसियामा सम्पन्न एसीसी मेन्स यू १९ प्रिमियर कप क्रिकेटमा विजयी हुँदै जनवरी २०२४ मा हुने यू १९ एसिया कपमा छनोट हुन सफल भएकोमा प्रोत्साहनस्वरुप उक्त नगद पुरस्कार उपलब्ध गराउने निर्णय भएको क्यानका सचिव पारस खड्काले जानकारी दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया