मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

त्रिभुवन आर्मी काठमाडौँद्वारा झापा एएफसी २ गोलले पराजित

प्रतियोगिताको म्याद अफ दि म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी फत्तेमान घले घोषित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत वीरगन्जस्थित आदर्शनगर रङ्गशालामा आज भएको खेलमा त्रिभुवन आर्मी काठमाडौँले झापा एएफसीलाई शून्यका विरुद्ध २ गोलले पराजित गरेको छ ।

आजको खेलमा त्रिभुवन आर्मीका जर्सी नम्बर ७ का खेलाडी निरज कुमार साहले खेलको पहिलो हाफको ७ औँ मिनेटमा पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।

त्यसैगरी त्रिभुवन आर्मीकै जर्सी नम्बर ३६ फत्तेमान घलेले खेलको दोस्रो हाफको ६ औँ मिनेटमा थप १ गोल गरी आफ्नो टिमलाई विजयी बनाए । प्रतियोगितामा झापा एएफसीले निरन्तर प्रहार गरे पनि गोल गर्न नसक्दा पराजय व्यहोर्नु परेको थियो ।

प्रतियोगिताको म्याद अफ दि म्याच त्रिभुवन आर्मी क्लबका खेलाडी फत्तेमान घले घोषित भएका थिए ।

भोलिको पहिलो सेमिफाइनल खेल आयोजक वीरगन्ज भेट्रान सिटी क्लब र नेपाल पुलिस क्लब काठमाडौँबिच हुने कार्यक्रम रहेको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिनुभयो ।

मधेस प्रदेशकै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी कार्तिक २५ गतेसम्म वीरगञ्जमा हुने छ । प्रतियोगिताको उपाधि विजेता टिमले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजक वीरगञ्ज महानगरपालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार