श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

काबुलमा यात्रुवाहक बसलाई लक्षित गरी विस्फोट, सात जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार बसलाई लक्षित गरी भएको विस्फोटमा परी सात जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

काबुल प्रहरीका प्रवक्ता खालिद जादरानले राजधानीको दश्त–ए–बार्ची क्षेत्रमा विस्फोट भएको बताउनुभएको छ ।

जादरानले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा लेख्नुभएको छ, “काबुलको दश्त–ए–बार्ची क्षेत्रमा सर्वसाधारण यात्रु बोकेको बसमा विस्फोट भएको छ, दुर्भाग्यवश हाम्रा सात जना देशवासी शहीद भएका छन् र अन्य २० जना घाइते भएका छन् ।

सुरक्षाकर्मी घटनास्थलमा पुगेको र अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

सन् २०२१ को अगष्टमा तालिबानले अमेरिका समर्थित सरकारलाई सत्ताच्युत गरेपछि तालिबानले आफ्नो विद्रोह अन्त्य गरेपछि बम विस्फोट र आत्मघाती आक्रमणको संख्यामा नाटकीय रुपमा कमी आएको छ ।

यद्यपि, आइएसको क्षेत्रीय शाखासहित थुप्रै सशस्त्र समूहहरू अझै पनि खतरामा छन् । गत अक्टोबरको अन्त्यतिर इस्लामिक स्टेट समूहले सोही क्षेत्रमा रहेको एक स्पोर्ट्स क्लबमा भएको विस्फोटको जिम्मेवारी लिएको थियो । उक्त विस्फोटमा परी चार जनाको मृत्यु हुनुका साथै सात जना घाइते भएको तालिवान अधिकारीहरूले बताएका थिए ।सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया