श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

उत्तरपश्चिम पाकिस्तानमा सैन्य कारवाहीमा दुई आतङ्ककारीको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानको उत्तर पश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा गुप्तचरमा आधारित सैन्य कारबाहीमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले विज्ञप्तिमार्फत बताएको छ ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले आतङ्कवादीहरू लुकेर बसेको प्रान्तको चित्राल जिल्लाको उर्सन क्षेत्रमा कारबाही सञ्चालन गरिएको बताएको छ ।

कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीचको गोली हानाहानमा दुई आतङ्ककारी मारिएको र अन्य घाइते भएको पनि विज्ञप्तिमा उल्लेख छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया