असार २९, २०८२ आइतबार July 13, 2025

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनासँग चिनियाँ प्रमण्डलको शिष्टाचार भेट

दुई देशका बीचमा आपसी हित प्रवर्द्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गर्नुभएको छ ।

त्यस अवसरमा दुई देशका बीचमा आपसी हित प्रवर्द्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्द्रपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको कुरामा जोड दिनुभयो । उहाँले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको समेत बताउनुभयो ।

सो अवसरमा सिपिसीका तिब्बत सचिव जुनझेङले नेपाल र चीनका बीचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पुनःनिर्माणको काममा चीनले सहयोग पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले नेपालमा भूकम्प जाँदा त्यस्तै भौगोलिक अवस्थिति भएको तिब्बत पनि प्रभावित हुने उल्लेख गर्दै नेपालको भूकम्पको कम्पनले तिब्बतीको मन पनि दुख्ने र उस्तै पीडाको महसुस गर्दै आएका छन् भन्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया