मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

लुम्बिनी प्रदेश स्तरीय स्विमिङ प्रतियोगिता आयोजना हुँदै

क्लबले आगामी वैशाखमा नेपालगन्जमा राष्ट्रिय स्विमिङ प्रतियोगिता गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेपालगन्ज रङ्गशालामा निर्माण गरिएको देशकै दोस्रो सबैभन्दा ठुलो पौडी पोखरीमा पहिलो पटक लुम्बिनी प्रदेशस्तरीय स्विमिङ प्रतियोगिता आयोजना गरिने भएको छ । निर्माण भएको चार वर्षपछि सो पौडी पोखरीमा पहिलो पटक कुनै प्रतियोगिता हुन लागेको हो ।

२०७६ सालमा नेपालगन्जमा सम्पन्न भएको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि १५ करोडको लागतमा निर्माण गरिएको पौडी पोखरी पूर्ण रुपमा तयार नहुँदा त्यति बेला स्विमिङका खेलहरू काठमाडौँमा गरिएका थिए ।

स्विमिङ खेलको विकास र प्रवर्द्धनका लागि हालै मात्र गठन गरिएको नेपालगन्ज स्विमिङ क्लबले कात्तिक २५ गते सो प्रतियोगिता आयोजना गर्ने क्लबका अध्यक्ष केशवराज न्यौपानेले बिहीबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँले प्रतियोगितामा ८, १०, १२, १४ र १५ वर्ष उमेरका अतिरिक्त खुल्ला समूहमा बाँके, बर्दिया, दाङ, रुपन्देही र नवलपरासीका ५६ जना खेलाडीको सहभागिता रहने बताउनुभयो । आठदेखि १० वर्ष उमेर समूहका खेलाडीले २५ मिटरको दूरीमा प्रतिस्पर्धा गर्ने छन् भने अन्य खेलाडीले ५० मिटरको दूरीमा प्रतिस्पर्धा गर्नेछन् । खुल्लामा भने बटरफ्लाई र फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको उद्घाटनका लागि नेपाल पौडी सङ्घका केन्द्रीय अध्यक्ष अशोक बज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जय भट्टराई नेपालगन्ज आउने कार्यक्रम रहेको क्लबले जनाएको छ ।

नेपालगन्जमा चार वटा वाटर पार्क, एक दर्जन बढी तारे होटल र रङ्गशालामा ठुला पौडी पोखरीहरू रहेको र यहाँ नौ महिनासम्म पौडी खेलाउन सकिने हुँदा पौडी खेलाडी उत्पादनका लागि यो सहर अति नै उपयुक्त रहेको नेपालगन्ज स्विमिङ क्लबका उपाध्यक्ष डा. नितेष कुमार कनोडियाले बताउनुभयो ।

क्लबले आगामी वैशाखमा नेपालगन्जमा राष्ट्रिय स्विमिङ प्रतियोगिता गर्ने र त्यसको केही महिनापछि अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने योजना बनाइरहेको क्लबका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार