श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

भूकम्पबाट भएको जनधनको क्षतिप्रति राजा चार्ल्सद्वारा दु:ख व्यक्त

राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः बेलायतका राजा चार्ल्सले नेपालमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार सन्देश पठाउँदै उनले भूकम्पबाट भएको जनधनको क्षतिको खबर सुनेर आफू तथा आफ्नो परिवार स्तब्ध र दुःखी भएको उल्लेख गरेका छन्।

दुःखद घडीमा आफ्नो प्रार्थना नेपाली जनतासँग रहेको उल्लेख गर्दै राजा चार्ल्सले सबै शोकसन्तप्त परिवार र प्रभावित समुदायमा समवेदना व्यक्त गरेका छन्।

उनले यस कठिन अवस्थामा बेलायत सरकार नेपालको आवश्यकताअनुसार सहयोग गर्न तत्पर रहेको उल्लेख गरेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया