श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

युक्रेन सैन्य अपरेसनको निगरानी गर्न पुटिनद्वारा सैन्य मुख्यालयको भ्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन हमलाको निरीक्षण गर्न रोस्तोभ–अन–डनमा रहेको सैन्य मुख्यालयको अचानक भ्रमण गर्नुभएको क्रेमलिनले शुक्रबार बताएको छ । एक महिनाभन्दा कम समयमा रोस्तोभ–अन–डनको यो उनको दोस्रो भ्रमण हो ।

बिहीबार कजाकिस्तानको आफ्नो औपचारिक भ्रमण पूरा गरेपछि पुटिनले रोस्तोभ–अन–डनमा रहेको रुसी सशस्त्र बलको मुख्यालयको भ्रमण गरेका क्रेमिलनले विज्ञप्तिमार्फत जनाएको छ । उनीसँग रक्षामन्त्री सर्गेई सोइगु र युक्रेनमा सैन्य अपरेसनका कमान्डर भालेरी गेरासिमोभ पनि रहेका थिए ।

मुख्यालयमा राष्ट्रपति पुटिनलाई नयाँ सैन्य उपकरण देखाइएको र युक्रेनमा सैन्य अपरेसनका बारेमा जानकारी दिइएको विज्ञप्तिमा उल्लेख छ । पुटिन अन्तिम पटक अक्टोबरको अन्त्यमा रोस्तोभ–अन–डनमा रहेका थिए । त्यहाँ उनले क्रेमलिनले युक्रेन विशेष सैन्य अपरेसनलाई के भन्छ भन्नेबारेमा सैन्य अधिकारीहरूसँग कुराकानी गरेका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया