असार २४, २०८२ मंगलबार July 8, 2025

रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीद्वारा राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।

रेडियो प्रसार सेवा विकास समिति (रेडियो नेपाल) का कार्यकारी निर्देशक कार्कीले सञ्चार तथा सूूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई मंगलबार राजीनामा दिएका हुन् ।

२०६९ मंसिरदेखि पहिलो कार्यकालको ४ वर्ष पूरा गरी २०७३ माघदेखि पुुनः ४ वर्षका लागि नियुुक्त भएकामा करिब ७ महिना बाँकी रहँदा कार्कीले स्वेच्छाले पदबाट राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

कार्कीले स्वेच्छाले राजीनामा दिएको बताए पनि मन्त्रालयबाट बर्खास्तीमा पर्ने सूचना पाएपछि उनले राजीनामा दिएको श्रोतले बताएको छ ।

गत वैशाख १५ गते रेडियो नेपालमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको विवादास्पद अन्तर्वार्ता प्रसारण भएपछि मन्त्रालयले उनीसँग प्रस्टीकरण मागेको थियो ।

डा. भट्टराईसँग नवराज लम्सालले लिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै स्पष्टिकरण सोधिएको थियो ।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रेडियो नेपाललाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’को संज्ञा दिएका थिए ।

उक्त अन्तर्वार्ता रेडियो नेपालले आफ्नो अनलाइनबाट हटाएको थियो भने कार्यकारी निर्देशक कार्कीले विज्ञप्ति जारी गरेर माफी मागेका थिए । उनले अबदेखि अन्तर्वार्तामा अतिथि चयन गर्दा गम्भीर रुपमा विचार गर्ने उल्लेख गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया