मंसिर १६, २०८० शनिबार December 2, 2023

प्रथम वीरगन्ज गोल्डकपको उपाधि पुलिस क्लबले जित्यो

त्रिभुवन आर्मीलाई टाई ब्रेकरमा शून्यका विरुद्ध २ गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै नेपाल पुलिस क्लबले प्रथम वीरगन्ज गोल्डकपको उपाधि जितेको छ ।

वीरगञ्जको आदर्शनगर रङ्गशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मीलाई टाई ब्रेकरमा शून्यका विरुद्ध २ गोलले पराजित गर्दै नेपाल पुलिस क्लबले उपाधि जितेको हो ।

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजा टाई ब्रेकरबाट निकालिएको हो । टाई ब्रेकरमा आर्मीका चार खेलाडीको प्रहार फितलो बन्न पुग्दा पुलिसले सिजनकै पहिलो उपाधि उचाल्न सफल भएको हो ।

उपाधि विजेता नेपाल पुलिस क्लबले नगद ११ लाख ११ हजार १ सय ११ र उपविजेता त्रिभुवन आर्मीले पाँच लाख ५५ हजार पाँच सय ५५ प्राप्त गरेका छन् । यो राशि मधेस प्रदेशमा आयोजना हुने फुटबल प्रतियोगिता मध्येको उच्च राशि हो ।

वीरगन्ज महानगरपालिकाको मुख्य सहयोग र भेट्रान्स सिटी क्लब वीरगन्जको आयोजनामा कार्तिक १८ गतेदेखि सुरु भएको प्रतियोगितामा नेपाल र भारतका आठ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार र विधागततर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिएको प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार