श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

एकै दिनमा ६ हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १ जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानबाट शनिबार एकै दिनमा ६,००० भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फर्किएका छन् ।

शरणार्थी तथा स्वदेश फिर्ता मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार पाकिस्तानमा वर्षौंदेखि बस्दै आएका १ हजार ५१ परिवारका ६ हजार १ जना अफगानीहरू शनिबार तोर्खाम र स्पिन बोल्दाक नाका हुँदै स्वदेश फर्किएका छन् ।

पाकिस्तानमा बसोबास गर्ने गैरकानुनी शरणार्थीहरूलाई निर्वासित गर्ने इस्लामावादको निर्णयपछि दुई लाखभन्दा बढी अफगान शरणार्थीहरू मातृभूमि अफगानिस्तान फर्किएका छन्।

पाकिस्तानमा २५ लाखभन्दा बढी अफगान शरणार्थी बसोबास गर्दै आएको बताइएको छ । अफगान कार्यवाहक प्रशासनले हिउँद अघि फर्केकाहरूलाई अस्थायी आश्रय सहित आवश्यक सुविधाहरू उपलब्ध गराउने बताउँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया