मंसिर १६, २०८० शनिबार December 2, 2023

सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता मंसिर १५ देखि

प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा ८ टिमले सहभागिता जनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : पाँचथर सदरमुकाम फिदिममा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने तयारी छ। पाँचथर फुटबल क्लबले ‘प्रथम वाईवाई अन्तराष्ट्रिय किराँत गोल्डकप फुटबल प्रतियोगिता २०८०’ आयोजना गर्न लागेको हो।

फिदिम माविको खेल मैदानमा मंसिर १५ देखि २३ गतेसम्म गोल्डकप सञ्चालन गर्ने आयोजकले पत्रकार सम्मेलन गरी जनाएको हो।
प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैँया र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैँया रहेको आयोजक संस्थाका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए। यो पुरस्कार जिल्लाकै सर्वाधिक राशिको हो।

प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ।

प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा ८ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगितामा आयोजक पाँचथर फुटबल क्लब, रेडहर्ष फुटबल क्लब ईलाम, कर्ण सिं सोनाम स्मृति क्बल ताप्लेजुङ, मितेरी फुटबल क्लब तेह्रथुम, हिमालयन शेर्पा क्लब काठमाडौं, रेड हर्ष फुटबल क्लब मोरङ, युनाईटेड फुटबल क्लब दार्जिलिङ र बिर्तामोड युनाईटेड झापा सहभागी हुने निश्चित भएको आयोजकले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार