मंसिर १६, २०८० शनिबार December 2, 2023

क्रिकेटर गुल्सन झालाई गृह जिल्ला सर्लाहीमा अभिनन्दन

टी–२० विश्वकपमा स्थान बनाउँदा अलराउण्ड प्रदर्शन गरेका झालाई सबै जिल्लाबासीको सम्मान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर गुल्सन झालाई सोमबार गृह जिल्ला सर्लाहीमा अभिनन्दन गरिएको छ ।

नेपालले एक दशकपछि टी–२० विश्वकपमा स्थान बनाउँदा अलराउण्ड प्रदर्शन गरेका झालाई प्रोत्साहनस्वरुप नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाले सदरमुकाम मलङ्गवामा अभिनन्दन गरेको हो ।

चक्रघट्टा गाउँपालिका–७, सगरदिना स्थायी घर भएका गुल्सनको परिवार अहिले सदरमुकाम मलङ्गवा नगरपालिका–८, मा बसोवास गर्दैआएको छ ।

पछिल्लो पटक भएका क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देशको सान बढाउन गरेको  योगदानको कदर तथा थप हौसला प्रदान गर्न क्रिकेटर झालाई अभिनन्दन गरिएको नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाका अध्यक्ष टङ्कबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

अध्यक्ष क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो लगायतले जिल्ला समन्वय समितिको सभाहलमा झालाई सम्मान गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार