मंसिर १६, २०८० शनिबार December 2, 2023

विश्वकप क्रिकेट : भारत र न्यूजिल्यान्ड सेमिफाइनलमा भिड्दै

प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : विश्वकप क्रिकेटअन्तर्गत आजदेखि सेमिफाइनल चरणका खेल सुरु हुँदै छन्। प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज घरेलु टोली भारतले न्यूजिल्यान्डको सामना गर्दै छ। ​

वानखेडे स्टेडियम मुम्बईमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुने छ। रोहित शर्माको नेतृत्वमा रहेको टोली जारी विश्वकपमा अपराजित छ। भारत सन् २०११ पछि पहिलो पटक फाइनलमा पुग्न चाहन्छ। आफ्नो अन्तिम खेलमा श्रीलङ्कालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको न्यूजिल्यान्डले लिग चरणमा ९ मध्ये ५ खेल जित्दै चौथो स्थानमा रहेर सेमिफाइनलमा स्थान बनाएको हो।

अघिल्ला दुई संस्करणमा फाइनल पुगे पनि उपाधि जित्न असफल न्यूजिल्यान्ड लगातार तेस्रो पटक उपाधि भिडन्त पक्का गर्ने योजनामा हुने छ। भारत पछिल्ला १० वर्षमा आईसीसीले गरेका ९ वटा प्रतियोगितामा ८ पटक नकआउट चरणबाटै बाहिरिएको छ। सन् २०१९ विश्वकपको सेमिफाइनलमा भारतविरुद्ध न्यूजिल्याण्ड १८ रन र २०२१ टेस्ट च्याम्पियनसिपको फाइनलमा ८ विकेटले विजयी भएको थियो। भारत यी दुवै हारको बदला लिने सोचमा हुने छ।

भारतले लिग चरणमा न्युजिल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। ५ सय ९४ रन बनाएका विराट कोहली जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी हुन्। उनले २ शतकसमेत बनाएका छन्।

न्युजिल्यान्डका युवा स्टार रचिन रवीन्द्रले सबैलाई प्रभावित गरेका छन्। उनले ३ शतकको मद्दतमा ५ सय ६५ रन बनाएका छन्। ​जसप्रीत बुमराहले ३ दशमलव ६५ को अविश्वसनीय इकोनोमी रेटसहित १७ विकेट लिएका छन्। मिचेल सान्टनरको नाममा १६ विकेट छ।

एक दिवसीय विश्वकपमा न्यूजिल्यान्डले भारतविरुद्ध ९ खेल खेल्दा ५ जित र ४ खेलमा हार बेहोरेको छ। दोस्रो सेमिफाइनलमा बिहीबार अस्ट्रेलियाले दक्षिण अफ्रिकाको सामना गर्ने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार