मंसिर १६, २०८० शनिबार December 2, 2023

एकिकृत समाजबादी महोत्तरीमा अध्यक्षसहित दर्जनौं नेता कार्यकर्ता एमालेमा प्रवेश

नेकपा एसलाई महोत्तरीमा झड्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : नेकपा (एस) महोत्तरीका अध्यक्ष कौशिलाल यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्। मंगलबार महोत्तरीको रामगोपालपुरमा पार्टीको क्षेत्रीय समन्वय समितिले दसैं, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना अदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रमकाबीच अध्यक्ष यादव नेकपा एमालेमा प्रवेश गरेका हुन्।

यादवलाई नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्। सोही क्रममा नेकपा (एस)का जिल्ला सचिव अरुण कुमार चौधरी, भंगहा नगरअध्यक्ष किशोरी सिंह लगायत ३८ जना कार्यकर्ता एमालेमा प्रवेश गरे।

यता नेकपा माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य बैजनाथ यादवको नेतृत्वमा १४ जना कार्यकर्ताहरू पार्टीमा प्रवेश गरेको हो। नेपाली कांग्रेस लगायत अन्य पार्टीका प्रतिनिधिहरू समेत गरी कुल १ सय १६ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले नेता शंकर महतोले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको आर्थिक समृद्धिको यात्रामा अगाडि बढाउनका लागि नेकपा एमाले नै सक्षम रहेको बताएका छन्।

अहिले आर्थिक रूपले संकटमा फसेको मुलुकलाई आफ्नो पार्टीले नै निकास दिलाउने बताउँदै अब मुलुक हाँक्ने समय आएको उपाध्यक्ष पोखरेलले स्पष्ट पारेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार