असार २०, २०८२ शुक्रबार July 4, 2025

भक्तपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका वडा नं. ४ नासमाना बस्ने वर्ष ५३ को सुमन राजभण्डारी रहेका जिल्ला प्रहरी परिसर भक्तपुरमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

मंगलबार बेलुकी पोखरीमा मानिस डुबेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले राजभण्डारीलाई उद्धार गरेर भक्तपुर अस्पताल लगेको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको पाठकले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया