मंसिर १६, २०८० शनिबार December 2, 2023

विश्वकप फुटबल छनोटमा आज नेपालले युएईविरुद्ध खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलमा छनोट हुनका लागि नेपालले आज एसियन जोन राउन्ड २ तर्फ युएईविरुद्ध खेल्न लागेको छ।

विश्वकप फुटबल छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईविरुद्ध ‘अवे म्याच’ खेल्दै विश्वकप छनोटको दोस्रो चरणको सुरुआत गर्न लागेको हो।

नेपाल र युएईबीचको खेल राति ९ः३० मा युएईस्थित अल–माक्तुम स्टेडियममा सुरु हुनेछ। नेपाल रहेको समूह ‘एच’ को खेलमा यूएईसहित बहराईन र यमन पनि समावेश छन्। नेपालले लाओसलाई पहिलो चरणमा हराउँदै दोस्रो चरणमा स्थान बनाएको हो।

राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम युएईमा छ।

यूएईविरुद्धको खेल अघि राष्ट्रिय टिमका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले प्रतियोगिताका लागि आफुहरुले राम्रो तयारी गरेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार