मंसिर १६, २०८० शनिबार December 2, 2023

विश्वकप सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ३० कार्तिक । जारी क्रिकेट विश्वकपको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच खेल हुदै छ । कोलकोतास्थित इडेन गार्डेनमा हुने यो खेल नेपाली समय अनुसार २: १५ बजेदेखि शुरु हुने छ ।

यस विश्वकपको लिग चरणमा दक्षिण अफ्रीका समुह चरणमा दोस्रो हुदै सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाले ९ खेलमा ७ जित र २ हारसहित १४ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको थियो । त्यस्तै अस्ट्रेलियाले पनि ९ खेल मध्ये ७ खेल जितेर १४ अंक हासिल गर्दै रनरेटको आधारमा तेस्रो हुदै सेमिफाइनलमा पुगेको हो ।

पछिल्लो पटक २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले २०१९ को विश्वकपमा सेमिफाइनलमा हार बेहोरेको थियो । त्यस्तै दक्षिण अफ्रिका २०१५ को विश्वकपपछि फेरी सेमिफाइनल खेल्दै छ ।

अस्ट्रेलियाले यसअघि १९८७, १९९९, २००३, २००७ र २०१५ मा गरि सबैभन्दा बढी पाँच पटक विश्वकप जितेको थियो ।

अहिलेसम्म विश्वकपको फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका योसहित पाँच पटक विश्वकपको सेमिफाइनल खेल्न लागेको छ । दक्षिण अफ्रिका यसअघि १९९२, १९९९, २००७ र २०१५ मा सेमिफाइनलमा पराजित भएको थियो ।

एकदिवसीय खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच अहिलेसम्म १०९ खेल भएका छन् । जसमा अस्ट्रेलिया ५० पटक विजयी भएको छ भने दक्षिण अफ्रिका ५५ पटक विजयी भएको छ । त्यसैगरी एक खेलको नतिजा आएको थिएन भने ३ खेल बराबरीमा सकिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार