मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

फिफा विश्वकप छनोटमा नेपाल यूएईसँग ४-० गोलले पराजित

दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः फिफा विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

गए राति अल मकतुम स्टेडियममा भएकाे खेलमा नेपाल घरेलु टाेलीसँग ४–० गाेलले पराजित गर्‍याे । यूएईले पहिलाे हाफमा नै ४ गाेल गर्‍याे । यूएईका लागि कप्तान अली मब्खउटले २ तथा खलिफा मुबारक र फाबियाे लिमाले १/१ गोल गरे ।

यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११–० गोलको फराकिलो अन्तरले पराजित भएकाे थियो । नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।

नेपाल रहेको समूह ‘एच’ मा यमन, यूएई र बहराइन छन् । दोस्रो चरणका खेलहरू ‘होम’ एन्ड ‘अवे’ का आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ गोलअन्तरले हराएर दोस्रो चरणमा स्थान बनाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार