श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

जेनिन आक्रमणमा ५ जना प्यालेस्टिनी मारिएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलको रक्षा बलले शुक्रबार बिहान जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ ।

सेनाका अनुसार आतङ्ककारीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न खोज्दा पक्राउ परेका थिए । छापा मार्ने क्रममा प्यालेस्टाइनीहरूले सेना माथि विस्फोटक पदार्थ प्रहार गरेका थिए भने, इजरायली सेनाले गोली प्रहार गरेको थियो ।

छापा मार्ने क्रममा जुडिया र सामरिया वरिपरि कुल २१ प्यालेस्टाइनी पक्राउ परेका थिए जसमध्ये छ जना हमाससँग सम्बन्धित थिए । गत अक्टोबर ७ देखि, एक हजार ७५० भन्दाबढी वान्टेड प्यालेस्टाइनीहरूलाई जुडिया र सामरिया क्षेत्रमा पक्राउ गरिएको छ जसमध्ये एक हजार ५० जना हमाससँग सम्बन्धित छन् । हमासले आक्रमणको जिम्मेवारी लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया