मंसिर १६, २०८० शनिबार December 2, 2023

हुम्लामा गोल्डकप प्रतियोगिता हुने

फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः हुम्लामा पहिलो पटक हालसम्मकै सर्वाधिक ठूलो राशि पुरस्कार भएको गोल्डकप आयोजना हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले आयोजना गरेको जिल्लास्तरीय फुटबल प्रतियोगितामा विजेता टिमले रू दुई लाख एक सय एघार राशिको पुरस्कार प्राप्त गर्नेछन् ।

हालसम्मकै सर्वाधिक पुरस्कार राशिको उक्त प्रतियोगिता मङ्सिर ४ गतेदेखि सञ्चलन हुने हुम्ला फुटबल एकेडेमीका जिल्ला अध्यक्ष विष्णुबहादुर रावतले जानकारी दिए । उनका अनुसार गोल्डकप विजेताले रू दुई लाख एक सय ११ सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने उपविजेताले रू एक लाख एक सय ११ प्राप्त गर्नेछन् । यही मङ्सिर १ गतेदेखि आज साँझ ४ बजेसम्म टिम दर्ताको समय तोकिएको उनको भनाइ थियो ।

अध्यक्ष रावतले भने, “खेल मैदानको केही मर्मत गर्नुपर्ने भएकाले दुई दिन अघि हुने भनिएको खेल स्थगन गरी मङ्सिर ४ गतेदेखि सञ्चालन गर्ने तयारी भएको हो ।” उनका अनुसार हालसम्म सातवटा क्लबले प्रतियोगिताका लागि दर्ता गराएका छन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट खेलाडी गोलकिपर, डिफेण्डर, सर्वाधिक गोलकर्ता, उदियमान खेलाडी र अनुशासित टिमलाई पुरस्कारको व्यवस्था गरिएको रावतले बताउनुभयो । प्रत्येक प्रतिगोगितामा ‘म्यान अफ द म्याच’को व्यवस्था पनि गरिएको छ । प्रतियोगिता सञ्चालनका लागि रू २० लाख लाग्ने अनुमान आयोजकले गरेको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार