श्रावण ९, २०८२ शुक्रबार July 25, 2025

फिलिपिन्समा भूकम्पका कारण मृत्यु हुनेको सङख्या ८ पुग्यो

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दक्षिणी फिलिपिन्समा शुक्रबार दिउँसो आएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापन परिषदले जनाएअनुसार मृतकहरूको सङ्ख्या अझै पनि एकीन हुन बाँकी रहेको छ भने, प्रान्तीय अधिकारीहरूले त्यसबारे निरन्तर मूल्याङ्कन गरिरहेका छन्।

भूकम्पबाट १ हजार ५ सयभन्दा बढी मानिस प्रभावित भएका छन् ।

विद्यालय भवन,  सरकारी भवन,  पुल,  सडक, निजी प्रतिष्ठानलगायत करिब ५० घर र ७० भन्दा बढी अन्य भौतिक संरचनामा क्षति पुगेको छ । कतिपय क्षतिग्रस्त सडकमा यातायात  शुरु  गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।

अपतटीय भूकम्पको झड्काले अपरान्ह ४:१४ बजे ७२ किलोमिटरको गहिराईमा डाभाओ ओक्सीडेन्टलको सारंगानी शहरबाट ३४ किलोमिटर उत्तरपश्चिममा ठूलो कम्पन ल्याएको थियो  । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया