असार २८, २०८१ शुक्रबार July 12, 2024

खुल्ला कराँते प्रतियोगितामा नेपाल टीम च्याम्पियन

नेपालले ३ स्वर्ण, २ रजत र ३ कांस्य पदक जित्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : श्रीलंकाको कोलोम्बोमा भएको १० औं अन्तर्राष्ट्रिय खुल्ला कराँते प्रतियोगितामा पाँच राष्ट्रलाई पछि पार्दै नेपाल टिम च्याम्पियन बनेको छ । नेपाल ३ स्वर्ण, २ रजत र ३ कांस्य पदकसाथ टिम च्याम्पियन भएको नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले जनाएका छन् । बन्दरागमा इन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, पाकिस्तान  र माल्दिभ्सका खेलाडीहरुको सहभागिता रहेको थियो ।

नेपालको प्रतिनिधित्व गर्दै देवकुमार शाहले कुमितेमा एक स्वर्ण र कातामा १ रजत गरी दुई पदक जित्न सफल भए । बेद जैसवाल र  अन्स चौधरीेले कुमितेमा स्वर्ण पदक  प्राप्त गरे । आइलेसजङ्ग थापाले रजत जिते । नितिशा श्रेष्ठ, हिमानी थापा मगर र वीरबहादुर  कुमालले कास्य पदक हात पारेको टिम व्यवस्थापक राजेन्द्र  कुँवरले जानकारी दिए ।

उद्घाटन समारोहमा नेपाली  खेलाडीको हौसला बढाउन श्रीलंका पुगेका न्युरोलोजिस्ट डा. लेखजङ थापाले आफ्नो कला र सीप प्रर्दशन गरी उत्कृष्ट खेल खेलेर देशलाई विश्वमाझ चिनाउन आग्रह गरे  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया