मंसिर १६, २०८० शनिबार December 2, 2023

विश्ककप क्रिकेटको उपाधी अस्ट्रेलियाले जित्यो

भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलिया छैटौँ पटक उपाधि जित्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः आयोजक भारतलाई ६ विकेटले हराउँदै छैठौ पटक अस्ट्रेलियाले विश्ककप क्रिकेटको उपाधी जितेको छ ।

जितको लागि २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।अस्ट्रेलियालाई उपाधि दिलाउन ट्रैविस हेडले १३७ रन तथा मार्नस लाबुशेनले ५८ रन बनाए।

भारतका लागि जसप्रीत बुमराह र मोहम्मद शमीले दुई दुई विकेट लिए । यस अघि भारतले टस हारेर पहिला व्याटिङ गर्दै ५० ओभरमा २४० रन बनाउँदा सबै विकेट गुमाएको थियो। भारतका लागि के एल राहुलले ६६ रन ,विराट कोहलीले ५४ रन, कप्तान रोहित शर्मा ४७ रन बनाए।

बलिङ तर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले तीन विकेट, जॉश हेज़लवुड र पैट कमिंसले दुई दुई विकेट लिए । त्यसैगरी ग्लेन मैक्सवेल र ऐडम ज़ैम्पाले एक एक विकेट लिए।

भारतले जारी खेलमा यस अघिका १० खेल जिते पनि फाईनल खेल हार्दा उपाधि गुमाउन पुग्यो । भारतले लिग खेलमा अस्ट्रेलियालाई हराएपनि फाइनलमा हराउन नसक्दा उपाधि गुमाउन पुगेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजामा इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो
२०८० मंसिर १६, शनिबार
देशलाई भ्रष्टाचार मुक्त बनाउन आवश्यक : डा. शेखर कोइराला
२०८० मंसिर १५, शुक्रबार
भूकम्पको भय, अझै सहज हुन सकेन पठनपाठन
२०८० मंसिर १५, शुक्रबार
एनसेल शेयर बिक्री गर्नेआजियाटाको निर्णयविरुद्ध सर्वोच्चको कारण देखाउ आदेश
२०८० मंसिर १५, शुक्रबार
राष्ट्रपतिद्वारा चुरे संरक्षणको स्थायी समाधान खोज्न निर्देशन
२०८० मंसिर १५, शुक्रबार
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौं : उर्जामन्त्री, शक्ति बहादुर बस्नेत (अन्तवार्ता)
२०८० मंसिर १५, शुक्रबार
शान्ति सुरक्षालाई सुदृढ बनाउन प्रहरीलाई सबै सहयोग रहन्छ : मुख्यमन्त्री यादव
२०८० मंसिर १५, शुक्रबार