असार २९, २०८२ आइतबार July 13, 2025

जसपाको मधेश प्रदेशसभाका सदस्य यादवले लिइन् शपथ

यादवलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथ ग्रहण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)बाट प्रदेशसभा सदस्य बनेकी सञ्जिला यादवले आज पद तथा गोपनियताको शपथ लिएकी छन् । यादवलाई मधेश प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा सदस्यको शपथ ग्रहण गराएका हुन् ।

शपथग्रहण पश्चात सभामुख मण्डल, सांसदहरु र जसपाका नेताहरुले यादवलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए । समानुपातिक सांसद विन्दु यादवको निधन भएपछि उनको ठाउँमा सिरहाको नरहा घर भएकी सञ्जिला यादवलाई जसपाले समानुपातिक सांसद बनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया