मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अर्मेनियालाई पराजित गर्दै क्रोएसिया यूरो कपमा छनोट

आगामी वर्ष जर्मनीमा हुने युरोकपमा खेल्ने आयोजक राष्ट्रसँगै २१ टोलीको टुंगो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः क्रोएसिया युरो २०२४ मा स्वत छनोट हुने अन्तिम टोली बनेको छ । अर्मेनियालाई १–० ले पराजित गर्दै क्रोएसिया समूह डी बाट दोस्रो स्थानमा रहँदै युरोकपमा छनोट भएको हो । यो जितले वेल्सलाई तेस्रो स्थानमा धकेलेको छ र वेल्सले प्लेअफ खेल्नु पर्नेछ । यो समूहको शीर्ष टोली टर्की हो ।

क्रोएसिया २००४ को युरोकपदेखि लगातार प्रतियोगितामा छनोट हुँदै आएको छ । साथै टोली २०१० देखि प्रमुख प्रतियोगिताहरुमा पनि छनोट भइरहेको छ । क्रोएसियाका स्टार खेलाडी लुका मोडरिकले पनि खेलिरहेका छन् । ३८ वर्ष भइसकेका उनले खेलेमा उनको नवौं प्रमुख प्रतियोगिता समेत हुनेछ ।

क्रोएसियाको सबैभन्दा राम्रो नतिजा २०१८ को विश्वकप थियो । रुसमा आयोजित सो प्रतियोगितामा क्रोएसिया फाइनलसम्म पुगेको थियो । फाइनलमा फ्रान्ससँग पराजित भएपछि मोडरिक तथा उनका टोली र समर्थक निरास भएका थिए । यस्तै गत विश्वकप २०२२ मा क्रोएसिया तेस्रो भएको थियो ।

आगामी वर्ष जर्मनीमा हुने युरोकपमा खेल्ने आयोजक राष्ट्रसँगै २१ टोलीको टुंगो लागिसकेको छ । १० समूहबाट राम्रो अंक ल्याएको तेस्रो टोलीबीच तीन स्थानका लागि छनोट खेल हुने बाँकी छ । यसमा ६ वटा सेमिफाइनल खेलाइनेछ । त्यसबाट जितेको टोलीहरुबीच फाइनल खेलाइनेछ र जित्ने टोलीहरुले युरोकपमा बाँकी रहेको तीन स्थान पुरा गर्नेछ ।

युरोकपमा छनोट भएका टोलीहरु

समूह ए: स्पेन, स्कटल्यान्ड
समूह बीः फ्रान्स, नेदरल्यान्डस्
समूह सी: इंग्ल्यान्ड, इटाली
समूह डी:टर्की, क्रोएसिया
समूह ई: अल्बानिया, चेक रिपब्लिक
समूह एफ: बेल्जियम, अस्ट्रिया
समूह जी: हंगेरी, सर्बिया
समूह एच:डेनमार्क, स्लोभेनिया
समूह आई: रोमानिया, स्विटजरल्यान्ड
समूह जे: पोर्चुगल, स्लोभाकिया
कुन कुन टोली प्लेअफमा खेल्नेछ ?
ए तर्फ: पोल्यान्ड, वेल्स, इस्टोनीया तथा फिनल्यान्ड, युक्रेन वा आइसल्यान्ड मध्ये एक ।
बी तर्फ: इजरायल, बोस्निया हर्जगोविना, फिनल्यान्ड, युक्रेन वा आइसल्यान्ड मध्ये दुई ।
सी तर्फ: जर्जिया, ग्रीस, काजाखस्तान, लक्जेमबर्ग

युरोकपमा छनोट हुन नसकेको टोली

सन् २००० पछि पहिलो प्रमुख प्रतियोगिता खेल्ने पर्खिरहेको नर्वेको पर्खाइ अझै सकिएको छैन । यसपटक पनि हालान्ड जस्ता भविष्यका सुपरस्टार सम्मिलित भएपनि नर्वेले युरो २०२४ मा छनोट गर्न सकेन । समूह ए मा रहेको नर्वे स्पेन र स्कटल्यान्डपछि परेको छ । यसैगरी नर्थ मेसेडोनिया पनि युरोमा हुनेछैन । टोली पहिलो पटक २०२० मा छनोट भएको थियो । यस्तै रुस पनि युरो कपमा देखिनेछैन । किनभने युक्रेनमाथि हमला भएपछि रुसलाई यूएफा प्रतियोगितामा खेल्न प्रतिबन्ध लगाइएको छ । जुन अहिलेसम्म पनि जारी छ ।

शीर्ष गोलकर्ता
युरोकप २०२४ को छनोटमा बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु गोलगर्ने सूचीमा शीर्ष स्थानमा रहे । उनले १४ गोल गरेका छन् । उनी पछि पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोले १० गोल गरेका छन् । यस्तै ९ गोलसहित फ्रान्सका क्लियन एम्बाप्पे तेस्रो स्थानमा रहे । यसैगरी इंग्ल्यान्डका कप्तान हेरी केनले ८ गोल गरे भने डेनमार्कका रासस होइलन्ड र स्कटल्यान्डका स्कट मेकटोमीनेले ७÷७ गोल गरेका छन् ।

६ टोली अपराजेय
युरोकप २०२४ छनोटमा ६ टोलीले हार नै मानेनन् । पोर्चुगलले १० मा दशै खेल जित्यो । यसरी सबै खेल जित्नेमा पोर्चुगल एक्लो टोली थियो । पोर्चुगलले २ गोल आत्मसात गर्दा ३६ गोल विपक्षीको पोस्टमा प्रहार गरेको थियो ।
यसैगरी फ्रान्सले ८ मा ७ खेल जित्यो भने अन्तिम समूह खेलमा ग्रीससँग २–२ बराबरीमा रोकिएको थियो । अन्य अपराजेय टोलीमा इंग्ल्यान्ड, बेल्जियम, हंगेरी र रोमानिया रहेका छन् । स्पेनले अन्तिम ६ खेलमा जित हासिल गरेको थियो ।

हालान्ड हुने छैन

अर्लीङ हालान्ड आगामी जर्मनीमा हुने युरोकपमा हुनेछैनन् । नर्वे छनोट नभएपछि हालान्ड प्रतियोगितामा देखा नपर्ने भएका हुन् । उनी हालका उदीयमान खेलाडीमध्ये एक हुन् । उनले म्यानचेस्टर सिटीलाई प्रिमियर लिग, च्याम्पियन्स लिग र एफए कप दिलाउन सहयोग गरेका थिए । तर, यो उपलब्धिले उनलाई युरोकपमा खेल्न भने ग्यारेन्टी दिएन । उनले नर्वेले १४ गोल गरेकोमा ६ गोल गरेका थिए ।नेस.

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार