बैसाख १९, २०८३ शनिबार May 2, 2026

८० दिनपछि नेपालमा आजदेखि लकडाउन खुकुलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोरोना भाइरस संक्रमण फैलिन नदिन सावधानी स्वरुप लागू गरिएको लकडाउन खुकुलो बनाउने निर्णय गरेको सरकारले बिहीबार यससम्बन्धी औपचारिक घोषणा गर्दै छ।

मन्त्रिपरिषद्को बुधबार रातिको बैठकले गएको चैत ११ गतेदेखि लागू गरिएको लकडाउन सुरक्षात्मक सावधानी अपनाएर खुकुलो बनाउने निर्णय गरेको हो। नेपालमा ८० औँ दिनमा लकडाउन खुकुलो पारिएको छ।

सुरक्षात्मक उपाय अपनाएर बजार खोल्न दिने र काठमाडौँ उपत्यकासहित कम जोखिमयुक्त क्षेत्रमा जोर–बिजोर प्रणालीका आधारमा निजी सवारी साधन चल्न दिने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। सो निर्णय औपचारिक घोषणापछि लागू हुने छन।

सरकारले बिहीबार थप छलफल गरेर लकडाउन खुकुलो बनाउने सम्बन्धी निर्णयहरुको औपचारिक घोषणा गर्ने तयारी थालेको हो। सरकारले बिहीबार निर्णयहरु औपचारिक रुपमा घोषणा गरेपछि व्यवहारिक रुपमा लकडाउन खुकुलो हुनेछ।

लामो दुरीका सवारी साधन र सार्वजनिक सवारीका अन्य साधन भने अहिल्यै खोल्न दिइने छैन। जनजीवन सहज पार्न सरकारले जोरबिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने र पसलहरु खुल्ला गर्न दिने निर्णय मन्त्रिपरिषद्ले बुधबार राति गरेको हो।

जोर अंक नम्बर भएको सवारी साधन जोर गतेको दिन र बिजोर अंक भएको सवारी साधन बिजोर गतेका दिन सञ्चालन हुने छन्।

निजीसहितका सबै निर्माण कार्य, विकास आयोजना तथा सपिङ मल, डिपार्टमेन्ट स्टोर (खाद्य सामग्री बाहेक) पार्टी प्यालेस, सिनेमा हल बाहेकका व्यापार–व्यवास तथा पसलहरु खुला गर्न दिने सरकारी तयारी छ।

रेस्टुरेन्टहरुबाट प्याकिङ्ग सेवा सञ्चालन गर्न पाउने व्यवस्था पनि गरिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार प्रतिनिधिसभामा सरकारले बुधबार साँझको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो पार्ने र जनजीवन सहज पार्ने जानकारी दिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाउँमै प्राथमिक उपचार सेवा उपलब्ध
२०८३ बैसाख १९, शनिबार
गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च
२०८३ बैसाख १९, शनिबार
मेची भन्सारद्वारा रु १३ अर्बभन्दा बढी राजश्व संकलन
२०८३ बैसाख १९, शनिबार
म्याग्दीमा महशिकार सुरु : पहिलो दिन करिब ७० लिटर मह निकालियो
२०८३ बैसाख १९, शनिबार
म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो
२०८३ बैसाख १९, शनिबार
न्यूनतम ज्याला पाएनन् कञ्चनपुरका मजदुरले
२०८३ बैसाख १९, शनिबार
अतिक्रमण हटाउने अभियान तीव्र : विस्थापित राख्न पाँच शिविर
२०८३ बैसाख १९, शनिबार