असार १२, २०८३ शुक्रबार June 26, 2026

डिप्लोमा सञ्चालनका लागि ३ लाख दिने सहमतिपछि महोत्सव स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले गर्ने भनिएको दशंै महोत्सव व्यवसायीहरुको दवावका कारण स्थगित भएको छ ।

विद्यालयले इन्जिनियरिङ कक्षा सञ्चालनका लागि भन्दै महोत्सव गर्ने तयारी गरेको भएपनि व्यवसायीहरुले चाडबाडका बेला महोत्सव गर्दा आफुहरुलाई असर पर्ने भन्दै स्थानीय निकाय र प्रशासन मार्फत दवाव सिर्जना गरेका थिए ।

व्यवसायीहरुको दवावपछि आपसी सहमतिमा नै विद्यालयले महोत्सव स्थगित गरेको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको अध्यक्षमा बसेको बैठकले महोत्सवको मिति सार्दै मंसिरमा गर्ने निर्णय गरेको छ ।

मंसिरमा हुने महोत्सवका लागि नगरपालिकाले संयोजन गर्ने र नुवाकोट उद्योग बाणिज्य संघले प्रवद्धन गर्ने सहमति पनि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले युग खबरलाई जानकारी दिनुभयो ।

यस्तै सहमति अनुसार विद्यालय सञ्चालनमा लागि नुवाकोट उद्योग बाणिज्य संघ र नुवाकोट कपडा तथा कस्मेटिक व्यवसायी संघले एक महिना भित्र डिप्लोमा कक्षा सञ्चालनका लागि ३ लाख दिने सहमति पनि भएको छ ।

अर्को महोत्सव मंसिर २८ गतेदेखि पुस ९ गतेसम्म गर्ने तयारी भएको छ । यसअघि विद्यालयले असोज २२ गतेदेखि २८ गतेसम्म महोत्सव गर्नै भन्दै सबै तयारी सुरु गरिसकेको थियो ।

विद्यालयले महोत्सवको तयारी गरेपछि नुवाकोट उद्योग बाणिज्य संघले महोत्सव नगर्न अपिल समेत गरेको थियो । संघको अपिललाई विद्यालयले वेवास्ता गरेपछि जसरी पनि महोत्सव रोक्न दवाव सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार