असोज १७, २०८० बुधबार October 4, 2023

डिप्लोमा सञ्चालनका लागि ३ लाख दिने सहमतिपछि महोत्सव स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नुवाकोट । त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले गर्ने भनिएको दशंै महोत्सव व्यवसायीहरुको दवावका कारण स्थगित भएको छ ।

विद्यालयले इन्जिनियरिङ कक्षा सञ्चालनका लागि भन्दै महोत्सव गर्ने तयारी गरेको भएपनि व्यवसायीहरुले चाडबाडका बेला महोत्सव गर्दा आफुहरुलाई असर पर्ने भन्दै स्थानीय निकाय र प्रशासन मार्फत दवाव सिर्जना गरेका थिए ।

व्यवसायीहरुको दवावपछि आपसी सहमतिमा नै विद्यालयले महोत्सव स्थगित गरेको छ । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितको अध्यक्षमा बसेको बैठकले महोत्सवको मिति सार्दै मंसिरमा गर्ने निर्णय गरेको छ ।

मंसिरमा हुने महोत्सवका लागि नगरपालिकाले संयोजन गर्ने र नुवाकोट उद्योग बाणिज्य संघले प्रवद्धन गर्ने सहमति पनि भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रमान प्रधानले युग खबरलाई जानकारी दिनुभयो ।

यस्तै सहमति अनुसार विद्यालय सञ्चालनमा लागि नुवाकोट उद्योग बाणिज्य संघ र नुवाकोट कपडा तथा कस्मेटिक व्यवसायी संघले एक महिना भित्र डिप्लोमा कक्षा सञ्चालनका लागि ३ लाख दिने सहमति पनि भएको छ ।

अर्को महोत्सव मंसिर २८ गतेदेखि पुस ९ गतेसम्म गर्ने तयारी भएको छ । यसअघि विद्यालयले असोज २२ गतेदेखि २८ गतेसम्म महोत्सव गर्नै भन्दै सबै तयारी सुरु गरिसकेको थियो ।

विद्यालयले महोत्सवको तयारी गरेपछि नुवाकोट उद्योग बाणिज्य संघले महोत्सव नगर्न अपिल समेत गरेको थियो । संघको अपिललाई विद्यालयले वेवास्ता गरेपछि जसरी पनि महोत्सव रोक्न दवाव सुरु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पिके डायगोनिस्टिकका संचालकमाथि आक्रमण गर्ने अभियुक्त सार्वजनिक
२०८० असोज १७, बुधबार
धनगढीमा मंसिर २५ देखि जुनियर कप क्रिकेट हुने
२०८० असोज १६, मंगलबार
२९ रुसी ड्रोन र मिसाइल खसालेको युक्रेनको दाबी
२०८० असोज १६, मंगलबार
दक्षिणी सुडानबाट फर्किएका हजारौँ नागरिक भोकमरीको जोखिममा
२०८० असोज १६, मंगलबार
चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरे कारबाही गर्ने सरकारको चेतावनी
२०८० असोज १६, मंगलबार
सुन तस्करी प्रकरणमा सीआईबीले लियो कृष्ण बहादुर महराको बयान
२०८० असोज १६, मंगलबार
धार्मिक हिंसा भड्काउन विवादास्पद अभिव्यक्ति दिने धर्मगुरु आचार्य पक्राउ
२०८० असोज १६, मंगलबार