काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु बिहीबार काठमाडौं आइपुगेका छन् ।
त्रिभुवन विमानस्थलका अधिकारीहरुले विमानमा १५० जना आएको जानकारी आए पनि यकीन नभएको बताएको छ ।
विमानस्थलमा अवतरण गरेपछि उनीहरुलाई होल्डिङ सेन्टरमा लगिएको छ । काठमाडौंका विभिन्न स्थानमा निर्माण गरिएको होल्डिङ सेन्टरमा उनीहरुको स्वास्थ्य जाँच पनि हुनेछ ।
विमानस्थलबाट उनीहरुलाई साझा बस र नेपाली सेनाको बसमार्फत होल्डिङ सेन्टर पुर्याइएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया