मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल सुपर लिग : धनगढी र ललितपुरको गोल रहित बराबरी

बराबरीको नतिजा पछि धनगढी लिगको शीर्ष स्थानमा यथावत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र ललितपुर सिटी एफसीले गोल रहित बराबरी खेलेका छन् ।

दशरथ रङ्गशालामा धनगढी र ललितपुरले गोल रहित बराबरी खेल्दै अङ्क बाँडेका हुन् । बराबरीको नतिजा पछि धनगढी लिगको शीर्ष स्थानमा यथावत छ । धनगढीले ३ खेलबाट ७ अङ्क जोडेको छ । दोस्रो स्थानको ललितपुरको २ खेलबाट ५ अङ्क छ ।

दुवै टिमले गाेल गर्ने केही राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् । खेलको म्यान अफ दि म्याच ललितपुर सिटी एफसीका गोलकिपर जेफ्री विलि मार्सेल बनेका छन् । उनले ३० हजार रुपैयाँ पाएका छन् ।

एनएसएलको तेस्रो खेलसम्म आउँदा दुवै टिम अपराजित छन् । दुई खेल जितेको धनगढीको यो पहिलो बराबरी खेल हाे । ललितपुरले भने पहिलो खेल जितेको थियो तर त्यसपछिका दुई खेल भने उसले बराबरी खेलेको छ ।

आज शनिवारको खेलपछि धनगढी ७ अङ्कका साथ शीर्ष स्थानमा कायम छ भने ललितपुर ५ अङ्कका साथ दोस्रो स्थानमा रहेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार