असार २२, २०८२ आइतबार July 6, 2025

हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

२९ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयीक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय घटेका विभिन्न हत्या र आत्महत्याका घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा शुन्य समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरुले हत्या तथा आत्महत्याका घटनाका सम्बन्धमा प्रभावकारी अनुसन्धान हुन नसकेको, हजारौं व्यक्तिहरुले रोजगारी गुमाएको, विद्युत छुटमा सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकेको लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाली कांग्रेसकी राष्ट्रिय सभा सदस्य तारादेवी भट्टले पछिल्लो समय भएका हत्या र आत्महत्याका घटनाहरुमा प्रभावकारी रुपले अनुसन्धान नभएको जनगुनासो आएकाले दोशिलाई कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो । उहाँले लकडाउन अवधिको समयमा सरकारले विद्युत महसुलमा छुट दिने निर्णय गरेपनि व्यवहारमा पुरानै शुल्क लिएको बताउनुभयो । यस्तै नेपाल टेलिकमले छुट दिने घोषाणा गरेपनि अहिले सम्म एकरुपैयाँ समेत छुट नदिएको बताउनुभयो ।

नेपाली कांग्रेसकी अनिता देवकोटाले रुकुममा नवराज विकको हत्याको घटना सेलाउन नपाउँदै सप्तरीमा एकजना दलित माहिलालाई बोक्सीको आरोपमा कुटपिट गरिएको बताउनुभयो । घटनापछि पीडितलाई मेलमिलाप गर्ने भन्दै स्थानीय तहले उजुरी दर्ता गर्न नदिएको भन्दै सबैलाई कारबाहीको माग गर्नुभयो । उहाँले घटना प्रकृति फौजदारी अपराध भएकोले अपराध गर्नेलाई कडा कारबाही हुनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की उदया शर्मा पोडेलले कोरोना भाइरसको महामारीका कारण बेरोजगारी र भोकमरीबाट प्रताडित भई जेठ २६ गते अछामको बयलपाटा अस्पतालमा रोजगारी खोसिएका सिद्धार्थ आउसीले आत्मदाह गरेको बताउनुभयो । निजी क्षेत्रमा रहेका श्रमिकहरु, करार सेवामा रहेका कर्मचारी, निजी स्रोतमा चलेका शिक्षकहरु लगायतको रोजगारी खोसिएको भन्दै त्यसलाई रोक्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की कोमल ओलीले त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहदै आएका आंशिक प्राध्यापकहरुलाई २०७४ मंसिर ८ गतेको मन्त्रिपरिषद्को बैठकले करार गर्ने निर्णय गरेको तर अहिले सम्म कार्यान्वयनमा नआएको बताउनुभयो । उहाँले आंशिक प्राध्यापकहरुलाई करार गर्ने या नगर्ने भन्ने विषयमा शिक्षा मन्त्रालयले स्पस्ट पार्नुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की गंगाकुमारी बेलबासेले लकडाउनलाई खुकुलो गर्ने निर्णय भएपछिको अवस्थामा महानगर र साझा यातायातहरुलाई व्यवस्थित रुपमा चलाउन माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का चक्रप्रसाद स्नेहीले अछाममा अस्पतालमा रोजगारी गुमाएर आत्महत्या गर्न पुगेका व्यक्तिका परिवारलाई क्षतिपूर्तिको माग गर्नुभयो । उहाँले रुपन्देहीको पशु फार्ममा सामुहिक रुपमा ५ जनाको हत्या भएको घटनामा मानसिक सन्तुलन ठिक नभएका व्यक्तिले हत्या गरेको कुरा विश्वसनीय नभएकोले छानविन गर्नुपर्ने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार