श्रावण १२, २०८१ शनिबार July 27, 2024

लुटन टाउनमाथि आर्सनलको ४-३ को रोमाञ्चक जित

आर्सनलको जितमा खेलको इन्जुरी समयपछिको ९७औं मिनेटमा डेक्लान राइसको गोल निर्णायक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २० मङ्सिर । ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लुटन टाउनमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले लुटन टाउनलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।आर्सनलको जितमा खेलको इन्जुरी समयपछिको ९७औं मिनेटमा डेक्लान राइसले निर्णायक गोल गरेका थिए ।

यसअघि गाब्रियल मार्टिनेली, गाब्रियल जिसस र् काइ हाभेर्टले एक एक गोल गरेका थिए ।

त्यसैगरी लुटन टाउनका लागि गाब्रियल ओशो, एलिजाह अडेबायो र रोज बार्कलीले एक एक गोल गरेका थिए ।

यो जितपछि आर्सनलले लिगमा आफ्नो अग्रता बढाएको छ । १५ खेलमा ३६ अंकसहित शिर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानमा रहेकोलिभरपुलभन्दा ५ अंकले अगाडी भएको छ । यद्यपी लिभरपुल एक खेल कम खेलेको छ ।

त्यसैगरी लुटन टाउनको भने १५ खेलमा ९ अंक रहेको छ र लिगमा १७औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार