मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

तनहुँका चार स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अन्य स्थानीय तहमा पनि मङ्सिर महिनाभित्रै पालिकास्तरीय रनिङशिल्ड प्रतियोगिता हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः तनहुँ जिल्लाका चार स्थानीय तहमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लाको म्याग्दे, आँबुखैरेनी, ऋषिङ र घिरिङ गाउँपालिकामा आजदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।

अन्य पालिकाले पनि रनिङशिल्डको तयारी गरेका छन् । अन्य स्थानीय तहमा पनि मङ्सिर महिनाभित्रै पालिकास्तरीय रनिङशिल्ड प्रतियोगिता हुँदैछ । पालिकास्तरीय रनिङशिल्ड सुरु भएपछि स्थानीय तह खेलकुदमय भएको छ ।

जिल्ला खेलकुद विकास समिति तनहुँले आगामी पुस ९ र १० गते जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको छ । खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले पालिकास्तरको राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता मङ्सिर मसान्तभित्र गरिसक्ने र त्यसपश्चात् जिल्लास्तरीय प्रतियोगिता गर्ने निर्णय भएको जानकारी दिए ।

खेलकुद विकास समितिले प्रत्येक वर्ष दशवटै पालिकाबाट छनोट भएर आएका खेलाडीलाई सहभागी गराएर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ । पाण्डेले भने, “मङ्सिरभित्र सबै स्थानीय तहमा पालिकास्तरीय प्रतियोगिता हुनेछ, त्यहाँबाट छनोट भएर आएका विद्यार्थीले जिल्लामा सहभागिता जनाउनेछन् ।”

गत वर्ष आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्डको उपाधि व्यास नगरपालिकाले जितेको थियो । त्यसक्रममा व्यास नगरपालिकाले ११ स्वर्ण, पाँच रजत र छ कास्य पदक जितेको थियो । प्रतियोगितामा १३ पदकसहित भानु नगरपालिका द्वितीय भएको थियो भने भिमाद नगरपालिका १२ पदक सहित तेस्रो भएको थियो ।

आँबुखैरेनी गाउँपालिकाले आजदेखि २३ गतेसम्म पालिकास्तरीय रनिङशिल्ड आयोजना गरेको छ । जिल्ला खेलकुद विकास समितिको निर्णय बमोजिम उक्त मितिमा पाँचौ राष्ट्रपति रनिङशिल्ड आयोजना गरिएको हो ।

प्रतियोगितामा छात्र छात्रा भलिबल, कराँते, एथलेटिक्सतर्फ एक सय मिटर दौड, दुई सय मिटर दौड, तीन सय मिटर दौड, चार सय मिटर दौड, रिले दौड, लङजम्प, हाइजम्प, सटपुट, ज्याभलिङ थ्रो लगायतका खेल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

व्यास नगरपालिकाले मङ्सिर ३० गतेदेखि पुस २ गतेसम्म निर्मल माध्यमिक विद्यालयको खेलमैदानमा पाँचाँै रनिङशिल्ड गर्ने निर्णय गरेको छ । त्यसका लागि मङ्सिर २५ गतेभित्र खेलाडीको नामावली निर्मल माविको प्रशासन शाखामा पेश गर्न सूचित गरिएको छ ।

रनिङशिल्डमा छात्रछात्रा भलिबल, कबड्डी, दौड, मार्सल आर्ट, कराते लगायतका खेल सञ्चालन हुने प्रतियोगिताका सदस्य एवं गणेशचन्द्र बस्नेतले जानकारी दिए । चालु शैक्षिक शत्रमा माध्यमिक विद्यालयको कक्षा १२ सम्म नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउने बस्नेतले बताए ।

म्याग्दे गाउँपालिकाले मङ्सिर २१ गतेदेखि पालिकास्तरीय रनिङशिल्ड सुरु गरेको छ । म्याग्दे गाउँपालिका–२ दमसेरा खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड, मार्सल आट लगायतका विधामा प्रतिस्पर्धा गराइने गाउँपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिसागर खनालले जानकारी दिए ।

भानु नगरपालिकाले मङ्सिर २९, ३० र पुस १ गते भानु नगरपालिका–२ ब्राइटफ्युचर युवा क्लवको खेलमैदानमा प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड लगायतका विधामा खेलाडीबीच प्रतिस्पर्धा गराइने जनाइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार