श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

बर्दिवास : खानेपानी चोरी गरेर नै बर्षौदेखी उधोग संचालन

व्यापारी, ब्यक्ती तथा उधोगहरुले खानेपानी संस्थानलाई २ करोड १५ लाख वक्यौता बुझाउन वाँकी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी, २२ मंशिर । पछिल्लो समय  बर्दिवासमा पानीको समस्या बढीरहेको वेला बर्षौदेखी पानी चोरी गरेर उपभोग गरेको पाइएको छ ।

बर्दिवास साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले निरिक्षण गर्ने क्रममा बर्षौ चोरी गरेर उधोग नै संचालन गरेको भेटिएको हो ।

९ बर्ष देखि टायल उधोगमा एक व्यापारीले खानेपानी चोरी गरेर उधोग संचालन गरेको र अन्य धेरै चोरीका घटनाहरु फेला पारेको उपभोक्ता समितिले जनाएको छ ।

`त्यस्ता धाराहरुको खोजी गरेर काटदै चोरी गर्नेहरुलाई कारवाही प्रक्रिया अगाडी बढाएका छौ,´ समितिका कोषाध्यक्ष भोजराज फुयालले भने ।

पानीको महसुल लामो समयदेखी नतिर्ने केही व्यापारी तथा ब्यक्तिहरुको धारा पनि काटिएको छ भने यो विचमा ३० लाख बक्यौता उठाईएको अध्यक्ष भुलन सेनले जानकारी दिए ।

व्यापारी, ब्यक्ती तथा उधोगहरुले खानेपानी संस्थानलाई २ करोड १५ लाख वक्यौता बुझाउन वाँकी छ । संस्थानले पटक-पटक उक्त वक्यौताको बिषयमा ताकेता गर्दा पनि अटेर गरे पछी धारा नै काटने प्रक्रिया अगाडि बढाइएको अध्यक्ष सेनले बताए ।

उनका अनुसार अहिलेसम्म नगरभित्र ८५ वटा धाराहरु काटिएको छ भने काटने क्रम जारी रहेको छ ।

काटेपछी केही संस्था तथा ब्यक्तिहरुले केही रकम बुझाउन आएको र बाँकी रकम तिर्न समेत समयसिमा मागेको हुनाले पुनः जडान पनि गरिरहेको कोषाध्यक्ष फुयालले जानकारी दिए ।

बर्दिवास वडा न.३ को गौरिडाडा, वडा न.१, वडा न.२ र वडा न.१४ का  बासिन्दालाई यस खानेपानी संस्थानले ५५४६ वटा धारा प्रदान गरिरहेको छ ।

यो विचमा पानीको समस्या वढन थालेपछि  उपभोक्ता समितिले पानी चुहावट तथा चोरीका बिषयहरुलाई निगरानी वढाएको हो । विशाल बस्नेत 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार