फागुण १३, २०८० आइतबार February 25, 2024

इङलिश प्रिमियर लिग : न्यूक्यासलमाथि एभर्टन ३-० ले विजयी

यो हारपछि न्यूक्यासलको १५ खेलमा २६ अंक रहेको छ भने लिगमा सातौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले न्यूक्यासल युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा एभर्टनले न्यूक्यासललाई ३-० गोल अन्तरले पराजित गरेको हो । एभर्टनको जितमा डविट म्याकनेल, अबडोउलाए डोउकोरे र बेटोले एक एक गोल गरेका थिए ।

यो जितपछि एभर्टनको १५ खेलमा १० अंक भएको छ र लिगमा १७औं स्थानमा छ । एभर्टनलाई इपिएलले कारवाही स्वरूप १० अंक घटाएपछि यस सिजनमा पछि परेको छ ।

त्यसैगरी न्यूक्यासलको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि न्यूक्यासलको १५ खेलमा २६ अंक रहेको छ भने लिगमा सातौं स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया