श्रावण १२, २०८१ शनिबार July 27, 2024

धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल खेलकुद महासङ्घको १५ औँ स्थापनाको अवसरमा धनकुटामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ ।

नेपाल खेलकुद महासङ्घ धनकुटाले आयोजना तथा हिले ब्याडमिन्टन क्लबको सहयोगमा हिले स्थित हिले ब्याडमिन्टन क्लबको हलमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता भेट्रान मेन्स डबल र मिक्स डबल गरी तिन इभेन्टमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स डबलमा १८, मिक्स डबलमा २२ र भेट्रान्स तर्फ १२ गरि कुल ५२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा मेन्स डबल तथा मिक्स डबलका विजेता टोलीले उपाधिसहित २५ हजार र दोस्रोले १० हजार तथा भेट्रानतर्फ प्रथम हुनेले २० हजार र दोस्रोले १० हजार हात पार्ने नेपाल खेलकुद महासङ्घ धनकुटाका अध्यक्ष कृष्ण मल्लले जानकारी दिनुभयो । प्रतियोगिता शनिबार सम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन शुक्रवार नेपाल खेलकुद महासङ्घका केन्द्रिय अध्यक्ष परशुराम बस्नेतले गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार