श्रावण १२, २०८१ शनिबार July 27, 2024

सरकार आर्थिक समृद्धिका लागि अघि बढिरहेको छ : प्रधानमन्त्री

विशेष रूपान्तरण अभियान जनतामा नयाँ आशा, भरोसा जगाउन सफल भएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले सरकार सामाजिक न्याय, सुशासन, आर्थिक समृद्धिका लागि अघि बढिरहेको बताउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले जनताका आशा, अपेक्षालाई सम्बोधन हुने गरि सरकारले काम गरिरहेको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्डले आज कैलालीको धनगढी उपमहानगरपालिका १६ घसिटामा आयोजित जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनसभा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पार्टीको विशेष अभियान देशभर सफतापूर्वक अघि बढेको बताउनु भयो ।

उहाँले विशेष रूपान्तरण अभियान जनतामा नयाँ आशा, भरोसा जगाउन सफल भएको बताउनु भयो । जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले पार्टीलाई जनता, सहिद परिवार, बेपत्ता तथा घाइते परिवारसँग जोड्ने काम गरेको छ, उहाँले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले सडक, बिजुली खानेपानी विस्तार लगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकास योजनाका लागि सरकारले बजेटको कमी हुन दिने छैन भन्नुहुँदै घसिटा क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान हुने बताउनु भयो ।

उहाँले शिवगंगा नदिमा मोटरेवल पुल निमार्ण, बेहडाबावालाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा, सडक कालोपत्रे गर्ने लगायत पूर्वाधारका विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । वडावासीका तर्फबाट अघि सारिएका मागलाई आफूले सकारात्मक रुपमा लिएको उहाँले बताउनु भयो ।

त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डलाई वडा अध्यक्ष रामलाल चौधरीले विकास लगायतका माग समेटिएको ज्ञापनपत्र बुझाउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले आजै धनगढीमा सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्नु हुने कार्यक्रम रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार