असार २९, २०८२ आइतबार July 13, 2025

संयुक्त राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संयुक्त राष्ट्र संघको ७५औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपाल पहिलोपटक निर्वाचित भएको छ।

न्युयोर्कस्थित नेपाली नियोगका अनुसार यो पदमा पहिलोपटक नेपालका तर्फबाट अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन्। राई राष्ट्र संघका लागि स्थायी प्रनिनिधि हुन्।
महासभामा ६ वटा मुख्य कमिटीमध्ये एक आर्थिक तथा वित्तीय कमिटी हो। यसलाई दोस्रो कमिटी भन्ने गरिन्छ। पहिलो कमिटीमा निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा, तेस्रोमा सामाजिक, मानवीयता तथा सांस्कृतिक, चौथोमा विशेष राजनीति तथा गैर औपनिवेशीकरण, पाँचौमा प्रशासनीक तथा बजेट र छैटौंमा कानुन कमिटी हुन्छन्।

राई अध्यक्षमा निर्वाचित भएको कमिटीले दिगो विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्र्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन, प्रकोप साथै अल्पविकसित देशले सामना गरेको समस्या हेर्ने गर्छ।

‘राष्ट्र संघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर हो’ विज्ञप्तिमा भनिएको छ।

नेपालले राईको नाम अध्यक्षमा अनुमोदन गर्ने एसिया प्रशान्त समूह र नेपालप्रति विश्वास व्यक्त गर्नेहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार