मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

यू-१९ एशिया कपको सेमिफाइनलमा पुगे भारत र पाकिस्तान

समुह चरणका अन्तिम खेलपछि पाकिस्तान समुह विजेता हुदै र भारत उपविजेता हुदै सेमिफाइनलमा पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एसीसी यू-१९ एशिया कप अन्तर्गत समुह ए बाट पाकिस्तान र भारत सेमिफाइनलमा प्रवेश गरेका छन् ।

मंगलबार सम्पन्न समुह चरणका अन्तिम खेलपछि पाकिस्तान समुह विजेता हुदै र भारत उपविजेता हुदै सेमिफाइनलमा पुगेका हुन् ।

पाकिस्तानले समुह चरणमा अपराजित रहदै तिनै खेल जितेको छ । पाकिस्तानले नेपाललाई ७ विकेटले, भारतलाई ८ विकेटले र अफगानिस्तानलाई ८३ रनले पराजित गर्दै तिनै खेल जितेको थियो ।

त्यस्तै गरि उपविजेता बनेको भारतले भने ३ मध्ये २ खेलमा जित हासिल गरेको थियो । भारतले अफगानिस्तानलाई ७ विकेटले र नेपाललाई १० विकेटले पराजित गरेको थियो भने पाकिस्तानसँग हार बेहोरेको थियो ।

त्यस्तै समुह ए बाट अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् । अफगानिस्तानले ३ मध्ये एक खेलमा जित हासिल गर्दै समुहमा तेस्रो भयो भने नेपालले आफ्ना तिनै खेलमा हार व्यहोरेको थियो ।

अब बुधबार समुह बि का समुह चरणका खेलपछि सेमिफाइनलको समीकरण टुंगिने छ । समुह बि मा बंगलादेशले २ खेल जितेर ४ अंक हासिल गरेको छ भने श्रीलंका र युएईले एक एक खेल जितेर २-२ अंक हासिल गरेका छन् । बुधबार आयोजक समेत रहेको युएईले जापानसँग र बंगलादेशले श्रीलंकासँग खेल्दै छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार