असार २४, २०८२ मंगलबार July 8, 2025

नेपाल – इजरायल कोरोना परामर्श समिति गठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोभिड–१९ को उपचार सम्बन्धी ज्ञान र अनुभव आदान प्रदान गर्न नेपाल – इजरायल केरोना योजना ९एनआइसीआई० गठन भएको छ ।

यही जेठ १३ गते इजरायलस्थित नेपाली राजदूतावासको संयोजनमा दुईदेशका चिकित्सकबीच नेपालमा बढ्दै गएको कोरोना सङ्क्रमण नियन्त्रण र न्यूनीकरणका लागि इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि भर्चुअल संवाद भएको थियो ।

संवादका आधारमा कोरानाको महामारीबाट उत्पन्न प्रभाव कम गर्न र आवश्यक मेडिकल व्यवस्थापनका लागि एनआइसीआई गठन भएको इजरायलका लागि नेपाली राजदूत डा अन्जान शाक्यले जानकारी दिए ।

दुवै देशका आ–आफ्ना विशेषज्ञसहितको समितिले उपचार र व्यवस्थापनबारे परामर्श गर्नेछन् । नेपाल पक्षको संयोजकमा काठमाडौँ विश्वविद्यालयका डा विराज कर्माचार्य रहेका छन् ।

राजदूत शाक्यले भने, “इजरायल कोरोना नियन्त्रणमा सफल देखिएको सन्दर्भमा अत्याधुनिक प्रविधि, ज्ञान र अनुभवबाट नेपाल लाभान्वित हुनसक्ने अपेक्षा हामीले लिएका छौँ ।”

उनका अनुसार सो समितिमा नेपालका तर्फबाट स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोखरेल, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका प्रतिनिधि, स्वास्थ्य सेवा विभागकी निर्देशक रोशनी लक्ष्मी तुइतुइ, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा अनुप बाँस्तोला, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक, भीमप्रसाद सापकोटा, नेपाल सशस्त्र प्रहरी अस्पतालका डा शैलेन्द्र श्रेष्ठ, नेपाल सैनिक अस्पतालका डा अरुण न्यौपाने र डा सुशील रावल, नेपाल प्रहरी अस्पतालका डा आशिष दत्त, पाटन अस्पतालमा डा आशिष श्रेष्ठ, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका डा सन्तकुमार दास छन् ।

दुई देश बीचको दौत्य सम्बन्ध अझ प्रगाढ बनाइराख्न इजरायलको प्रविधि, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा नेपाललाई सहयोग गर्ने सम्बन्धमा विभिन्न सम्झौताहरु सम्पन्न भइसकेको छ । ती सम्झौता कोरोनाको महामारी न्यून भएपछि कार्यान्वयन हुनेगरी अघि बढाइने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार