मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

नेपाल सुपर लिगमा आज दुई खेल हुँदै

दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज युनाइटेड र पोखरा थण्डर्स​बीच प्रतिस्पर्धा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल)मा शनिबार दुई खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा वीरगञ्ज युनाइटेड र पोखरा थण्डर्स​बीच प्रतिस्पर्धा हुनेछ।

वीरगञ्ज पाँच खेलमा ५ अंक जोडेर तालिकाको आठौँ स्थानमा छ। पोखरा पाँच खेलबाट ८ अंकसहित चौथो स्थानमा छ। यो खेलमा जित निकाल्न सके पोखरा तालिकाको दोस्रो स्थानमा उक्लिनेछ।

यस्तै अपराह्न ५ बजे हुने दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलाम डे मेची एफसी ​ आमनेसामने हुनेछन्।

चितवन ६ खेलबाट ७ अंकसहित सातौँ स्थानमा छ। इलाम ६ खेलबाट ४ अंकसहित अन्तिम अर्थात् नवौँ स्थानमा छ। दुवै टोली यो खेलमा जित निकाल्दै आफ्नो स्थिति सुधारको उद्देश्यमा हुनेछन् ।

यसअघि शुक्रबार भएको खेलमा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो।

मंसिर ८ गते शुरु भएको प्रतियोगितामा ९ टिम सहभागी छन्। प्रतियोगितामा धनगढी एफसी ११ अंकसहित शीर्ष स्थानमा छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार