काठमाण्डौंः इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले शेफिल्ड युनाइटेडलाई २-० गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा स्टामफोर्ड ब्रिजमा चेल्सीलाई जित दिलाउन खेलको ५४ औं मिनेटमा कोल पाल्मेरले र ६१ औं मिनेटमा निकोलास ज्याक्सनले गोल गरे ।
चेल्सी १७ खेलबाट २२ अंकका साथ तालिकाको १० औं स्थानमा रहँदा शेफिल्ड ८ अंकका साथ पुछारमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया