असार २२, २०८२ आइतबार July 6, 2025

नेकपामा समाजिक सञ्जालबाटै समेत आरोप–प्रत्यारोप सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसदबाट पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेपछि  नेकपा भित्र फेरि भुईचालो गएको छ ।

वरिष्ठ नेता नेपालको अभिव्यक्तिपछि प्रधानमन्त्री ओलीले अमेरिकाबाट नै त्यसप्रति कटु आलोचना गर्नुभएको थियो । उहाले आफु दुईचार दिन नहुँदा हल्ला मच्चाएको भन्दै देश डुब्दैन र त्यसको जिम्मा आफुले लिने दावी गर्नुभएको थियो । वरिष्ठ नेता नेपालको भनाईप्रति गृहमन्त्रीले पनि आलोचना गर्नुभएको थियो ।

यस्तै वरिष्ठ नेता नेपालको भनाईपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले पनि सामाजिक सञ्जालमार्फत नेपालको कडा आलोचना गर्नुभएको छ ।

उहाले भन्नुभएको छ–मानिसको पत त्यस समय सुरु हुुन्छ जब आफ्नेलाई ढाल्न पनि पराईसँग सल्ला लिन सुरु गरिन्छ । रिमालको सो भाईप्रति पनि समाजिक सञ्जालबाट नै जवाफ दिनेहरु पनि धेरै रहेका छन् ।

मुलुकलाई विकास र समृद्धिको यात्रामा अघि बढाउने कसम खाएर जनताको मत लिएका नेताहरु पार्टी एकता भएको ६ महिना नवित्दै आरोप प्रत्यारोपमा उत्रिएपछि दुई सरकारबाट आशा गरेका जनता पनि निराश बन्न थालेका छन् ।

काठमाडौं नयाँ बजारका एकनाथ रिमालले युग खबरसँग भन्नुभयो–यो सरकारसँग पनि आशा नगरे हुनेभयो । अब मुलुकमा कसले विकास गर्ला ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार
कफुचे-कोरी पदमार्गको स्तरोन्नति गरिँदै
२०८२ असार २२, आइतबार
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई संसदीय समितिको ५ दिने अल्टिमेटम
२०८२ असार २२, आइतबार
पूर्वराष्ट्रपति भण्डारी र बालेनबीच भेटवार्ता
२०८२ असार २२, आइतबार
राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
२०८२ असार २२, आइतबार