मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

यू-१९ एसिया कपको उपाधि बंगलादेशले जित्यो

फाइनलमा बङ्गलादेशले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ९५ रनले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौ : एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि बङ्गलादेशले जितेको छ । आइतबार भएको फाइनलमा बङ्गलादेशले आयोजक संयुक्त अरब इमिरेट्स (युएई) लाई एक सय ९५ रनले हरायो ।

जितका लागि बङ्गलादेशले दिएको दुई सय ८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा सबै विकेटको क्षतिमा ८७ रनमा समेटियो । युएईका लागि ध्रुव परासरले अविजित २५ रन बनाउनुभयो । अक्सत राईले ११ रन जोड्नुभयो ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । युएईलाई सस्तैमा समेट्न बलिङमा बङ्गलादेशका मसुफ मिरिधा र रोहनत दुल्लाहा बोरसनले तीन तीस्न विकेट लिनुभयो । इक्वल हुसेन इमोनले र शेख परेज जोविले दुई दुई विकेट लिनुभयो ।

यसअघि दुबई इन्टरनेशलन क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय ८२ रन बनाएको थियो । बंगलादशेका लागि आशिकुर रहमानले एक सय २९ रनको शतकीय इनिङ खेल्नुभयो । मोहम्मद रिजवानले ६०, अरिफुल इस्लामले ५० र मफुजुर रहमान रबीले २१ रन बनाउनुभयो ।

बलिङमा युएईका आयमान अहमदले चार विकेट लिनुभयो । ओमैद रहमानले दुई तथा आयन खान र ध्रुव परासरले एक एक विकेट लिनुभयो । सेमिफाइनलमा युएईले पाकिस्तानलाई र बङ्गलादेशले भारतलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । एसिया कपमा समूह  ‘ए’ बाट प्रतिस्पर्धा गरेको नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार