काठमाण्डौंः आर्सनल प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले ब्राइटनलाई २-० गोलअन्तरले पराजित गर्यो ।
घरेलु मैदान इमिरेट्समा आर्सनललाई जित दिलाउन खेलको ५३ औं मिनेटमा गाब्रियल जेजुसले तथा ८७ औ मिनेटमा काइ हाभेट्र्जले गोल गरे ।
आर्सनलको १७ खेलबाट ३९ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र एस्टन भिल्लाको समान ३८ अंक छ ।
हार ब्यहोरेको ब्राइटन भने २६ अंकका साथ नवौं स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया