असार २४, २०८२ मंगलबार July 8, 2025

उपत्यकाका लगायत देशका विभिन्न सहरमा सरकार विरोधी प्रदर्शन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै देशका विभिन्न स्थानमा प्रदर्शन भएको छ ।
शुक्रबार काठमाडौं उपत्यकाका भक्तपुर, कीर्तिपुर, वसन्तपुरलगायत ठाँउमा युवाहरूले प्रदर्शन गरेका छन् । यस्तै, उपत्यकाबाहिर बनेपा, बुटवल, गोरखा, धनगढी, तनहुँ, पाल्पा, दाङ, हेटौंडा लगायतका सहरमा पनि युवाहरुले सडकमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले सतप्रतिशत पिसिआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्चको गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गरेका छन् ।

सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पिसिआर लागु नगरेको, क्वारेन्टाइन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

सरकारले भने लकडाउनको बेला प्रदर्शन गर्नेलाई ६०० रुपैयाँदेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया