काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई पराजित गरेको छ । आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १–० गोलले पराजित गरेको हो ।
ललितपुरका फोडे कमाराले खेलको ५९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । यो जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया